logo
  • शनिबार, असोज १० २०८३

वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची चैत ११ ।
बंगालादेश बैंक छत्रगंज शाखाको आयोजनामा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव गाउँपालिका –५ अर्घाखाँचीमा सम्पन्न भएको छ ।
श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बंगालादेश बैंक छत्रगंजका शाखा प्रवन्धक जिवन खनालले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउदै बैंक तथा वित्तिय जानकारीको गराएका थिए ।
त्यस्तै डिजिटल बैंकिङ्गको माध्यमबाट हुने गरेका ठगीबाट कसरी जोगीन सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो । उक्त कार्यक्रमको संचालन श्री कैलाश श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend