साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान चैत ११ ।
राष्ट्रिय गौरवको आयोजना त्रिदेशिय मार्ग भालुबाङ, बाग्दुला भिमगिठे सडक निर्माण कार्यमा ढिलाइ भएको छ । तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि अझै सुचारु हुन सकेको छैन ।
आ ब २०७२/२०७३ मा सरकारले सो बाटोलाई प्राथमिकतामा राखेको थियो । तर प्रक्रिया ढिला हुँदा गौमुखी गाउँपालिकाले अर्खा पैयुपाटा बाग्लुङ सिमानाको करिब ८ कि मि सडक खण्ड मध्ये पहाडी लोकमार्गमा केही दिन अगाडि जोडेको हो ।
सात बर्ष पहिले ट्रयाक ओपन भए पनि सो बाटो मर्मत निर्माण र स्तरोन्नति नहुदा ससर्त अनुदान तथा गौमुखी गाउँपालिकाको लागतमा अर्खाको पैयुपाटा हुँदै बाग्लुङको सिमाना आरबारे मध्ये पहाडी लोकमार्गमा जोडिएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनु भयो।
उहाँले पर्यटकिय तथा साँस्कृतिक हिसाबले अब यो सडक संजालबाट ढोरपाटन, बाग्लुङ, म्याग्दी, मुस्ताङ, पोखरा लगायतका स्थानमा आवातजावत गर्न सरल छोटाे र सहज दुरि हुने गिरीले बताउनु भयो। तेसै गरि क्षेत्रिय सडक संजाल अन्तर्गत सात बर्ष अगाडी सो बाटो जोडिए पनि बाग्दुला भिमगिठे सडक समयमा निर्माण मर्मत र स्तररोन्नती नहुदा गौमुखी क्षेत्र पछाडी परेको अर्खा २का वडा अध्यक्ष डाेर बहादुर रानाले जानकारी गराउनु भयो।
प्युठानको बाग्दुला देखि बाग्लुङको भिमगिठे सम्म ७४ कि मि डबल लेनको सडक, गत बर्ष टेन्डर क्यान्सिल भएको र पुनः टेन्डर हुने सडक सुधार तथा बिकास आयोजनाले जनाएको छ ।
यो त्रिदेशिय सडक दाङको कोइलाबाँस भालुबाङ प्युठानको बाग्दुला बाग्लुङको भिमगिठे हुँदै चीन संग जोडिएमा लाभग्राही लाभान्वित हुने छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend