logo
  • शुक्रबार, असोज ९ २०८३

एमालेको कान्छो संगठन विस्तार अभियानमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बागलुङ चैत १०।
नेकपा (एमाले)को कान्छो जनसंगठन रिटनी फेडेरेसन नेपालले संगठन विस्तार अभियानलाई जिल्लाव्यापी बनाउँने तयारी थालेका । विदेशबाट फर्किएका युवाहरुलाई संगठित गर्ने अभियानअन्र्तगत एमालेले रिटनी फेडेरेसन नेपाल गठन गरेको हो ।
फेडेरेसनका केन्द्रीय अध्यक्ष चन्द्र रोकालगायतको टोलीले नेकपा (एमाले) बागलुङको टोलीसँग छलफल गरी संगठन विस्तार अभियानका बारेमा जानकारी गराएको थियो । छलफलमा अध्यक्ष रोकाले बैदेशिक रोजगारीका क्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भई पार्टीकालागि योगदान गरी स्वेदश फर्कीएकाहरुलाई रोजनीतिक योगदानको निरन्तरताका निम्ती गोलबद्ध गर्ने अभियानमा संगठन लागेको बताउनुभयो ।
नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले पार्टी जनसंगठनको संगठन विस्तारलगायतका गतिविधिलाई सक्रिय बनाउँनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

‘एमालेका जनसंगठन एमाले निर्माणको मुख्य आधार हुन, यी संगठनको निर्माण, परिचालन, प्रशिक्षण लगायतका गतिविधिमा पार्टीको पूर्ण साथ र सहयोग रहन्छ ।’ केसीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend