logo
  • शनिबार, असोज १० २०८३

रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुदै, ५१ वटै सुचक पार गर्दै अन्तिम तयारी पूरा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उर्मिला यादव,(यात्री) परासी चैत्र १०।
पश्चिम् नवलपरासीको सदरमुकाम परासीमा रहेकोे रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुने भएकाे छ।
नगरपालिकाले यही चैत्र १२ गते शनिबार बालमैत्री नगर घाेषणा गर्ने तयारी गरेको र अन्तिम तयारी पूरा भएकाे आज रामग्राम नगरपालीकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा भएकोले साेहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगर घाेषणा गर्न लागिएकाे र त्यसकाे अन्तिम तयारी पूरा भएकाे पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।
उहाकाे अनुसार जिल्ला समन्वय समिति तर्फबाट संयुक्त अनुगमन भई बालमैत्री घाेषण गर्न त्यसकाे प्रतिबेदन आईसकेकाे र लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घाेषणा गर्न स्वीकृति दिई सकेकाेले रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा गर्ने तयारी अन्तिम चरण पुगेकाे बताउनु भयो। बालमैत्री नगर घाेषणा हुनु नै बालश्रम मुक्त नगर , बालबालिकाकाे पहुँच ,शिक्षामा पहुँच पुग्ने भएकाे नगरप्रमुख गुप्ताले बताए । बालमैत्री नगर घाेषणा गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिनु भयो ।
बालमैत्री नगर घाेषणा गर्नकाे लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेका छाै प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताउनु भयो । बालमैत्री नगर घाेषणाको लागि मुख्यत ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीले बताउनु भयो ।

उहाकाे अनुसार बाल बचाउ ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्यतः रहेकाे ३८ सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न लागिएको छ। नगरपालिकामा बिद्यालय र टाेलगरी १सय २ वटा बालक्लब रहेकाे छ ।

जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिनु भयो । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेकाे छ ।यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend