logo
  • शनिबार, असोज १० २०८३

वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी चैत ०९ ।
गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी किरण गिरी बिहिवार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ ।

वडिगार्ड खोलामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाग इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिइ खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend