logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका मृगौला पिडित अनन्तबहादुरको आर्थिक अभावमा उपचारमा समस्या


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
९ चैत, गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाई दिन सबैसँंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ३५ वर्षका मृगौला पिडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् ।आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन ृगौला पिडित अनन्तबहादुर खत्रीले आग्रह गरेका हुन् ।

दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् मृगौला पिडित खत्रीकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।

२ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि उपचारमा गएका थिए ।घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थपउपचार गर्ने रकम नभएपछि अनन्तबहादुरले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् ।

स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिष्णुकला बस्नेत खत्रीको शाईन रेसुङ्गा डेभलपमेन्ट बैक ०१५००७००४९७७८००००००१ जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend