logo
  • शुक्रबार, साउन ८ २०८३

सौराहामा फोनिजको संघीय महाधिवेशन सुरु राष्ट्रियताको मुद्धामा कलम चलेन : शेरचन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

गुनाराम घिमिरे,सौराहा चैत ०७।
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ(फोनिज)को सातौं संघीय महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।
महाधिवेशनको लुम्विनी प्रदेशका प्रमुख अमिक शेरचनले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले राष्ट्रियताको मुद्धामा पत्रकारले कलम चलाउन नसकेको बताएका छन् । खोक्रो र अन्धो राष्टबादका विषयमा पत्रकारहरुले कलम चलाउने गरेको भन्दै उनले बास्तविक राष्ट्रवाद र राष्ट्रियताको मुद्धामा कमल चलाउन कन्चुसाइ गरेको बताए।

राष्ट्रियताको विषयमा सत्य र तथ्य उजार गर्न आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले पत्रकार त्यसमा निडर हुनुपर्ने बताए। लिपुलेक र लिम्पियाधुराको विषय मात्र राष्ट्रियता होइन उनले भने राष्ट्रियताको अन्तर बस्तु भित्र प्रवेश गरेर पत्रकारले कलम चलाउन आवश्यक छ । उनले आदिबासी र जनजातीलाई गरिने विभेद अन्त्य हुन नसकेको बताए । आदिबासी जनजातीको भाषा र संस्कृति माथी राज्यले दमन गरेको भन्दै प्रदेश प्रमुख शेरचनले भाषा संस्कृति संरक्षणमा समुदायनै गम्भिर हुनुपर्ने अबस्था आएको बताए ।

आदिबासीका भाषा,संस्कृति र परम्परामाथी राज्यले दोहन गरेको उनको आरोप छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाबेशीको सिद्धान्तलाई जनस्तरमा लैजान नेपालका पत्रकारहरुले खेलेको भूमिकालाई राज्यले सम्मान गर्नुपर्ने बताए । मुलुकमा परिर्वतन भएपछि समाबेशीको सिद्धान्तलाई जनस्तरमा लैजानु पर्ने थियो उनले भने त्यसलाई सञ्चार माध्यमबाट पत्रकारहरुले लक्षितबर्ग सम्म पु¥याउन सफल हुनुभएको छ। कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकको परिर्वतन संस्थागत गर्ने काममा पत्रकारहरुले अहम भूमिका खेलेको बताए।

प्रेस युनियनका बरिष्ट उपाध्यक्ष दीपक आचार्यले भाषाको कारण कुनै पनि नागरिक सुचनाको हकबाट बन्चित हुन नहुने भन्दै आदिबासी जनजाती समुदायका पत्रकारले त्यस तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा,समाजबादी प्रेस संगठनका अध्यक्ष शम्भू श्रेष्ठ,फोनिजका पूर्व अध्यक्ष खिम घले,नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बराम लगायतले मन्तव्य राखेका थिए।

फोनिजले विगतको परम्परालाई लोडदै लौनो र उदाहरणीय तरिकाले महाधिवेशन उद्घाटन गरेको छ । फोनिज चितवनका संस्थापक उपाध्यक्ष तथा चितवनका पुराना पत्रकार बीरबहादुर सिंजालीलाई सम्मान गरेर महाधिवेशन उद्घाटन गरिएको हो । महाधिवेशनमा ६० जिल्लाका ४५० जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

फोनिजको संघीय अध्यक्षको लागि वर्तमान बरिष्ट उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्तिमगर र उपाध्यक्ष लक्की चौधरीको नाम चर्चामा रहेको छ। उद्यपी महाधिवेशनले राईलाई अध्यक्ष बनाएर सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने सम्भावना बढी रहेको जनाइएको छ ।
Kiran

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend