logo
  • शनिबार, असोज १० २०८३

शिक्षक संगठन गुल्मीले ७ जना पूर्व शिक्षकहरुलाई सम्मान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी चैत ५।
नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीले ७ जना पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्व शिक्षकमा सांसद देखि गाउँपालिका उपाध्यक्ष सम्मका जनप्रतिनिधी रहेका छन् ।

शनिवार जिल्ला सदरमुकाम तम्घासमा संगठन १३ औं जिल्ला अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारी लगायतले सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा संघिए सांसद मैना भण्डारी, प्रदेश सांसद खड्ग केसी रहेका छन् । त्यस्तै मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का, इस्मा गाउँपालिका उपाध्यक्ष बिमला केसी, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थ रहेका छन् ।

त्यस्तै नेपाल वाल संगठन जिल्ला अध्यक्ष केशरबहादुर थापा, सामुदायिक बिद्युत संघ नेपालका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीलाई सम्मान गरिएको हो ।
सम्मान गरिएका व्यक्तिहरु शिक्षक पदमा रहेर शिक्षण पेसामा पुराएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियो । सम्मान गरिएका पूर्व शिक्षकहरु हाल बिभिन्न पदमा रहेर सामाजिक कार्यमा कार्यरत रहेर योगदानको कदर गरिएको संगनले जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीको १३ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनमा जिल्ला भरबाट बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend