logo
  • शनिबार, असोज १० २०८३

क्यान्सर पिडित थापालाई, नेराशिसंघको अभियानबाट २ लाख सहयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ चैत्र ०५। 
नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडले संगठनका सदस्य बनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ।
प्राणघातक रोग क्यान्सरबाट पिडित भई भरतपुर चितवनमा उपचाररत थापालाई विभिन्न सहयोगीहरुबाट संकलन गरेको २ लाख रुपैंयाँ हस्तान्तरण गरेको हो। हाल केहि समयको लागि बडिगाड गाउँपालिका वडा नं. ६ घ्वाङ्ग स्थित घरमै रहनुभएका थापालाई घरमै पुगी संगठनले सो सहयोग रकम हस्तान्तरण गरेको हो।
सो सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य तिर्थमणि भुसाल, नेकपा एमाले बडिगाड गाउँकमिटि अध्यक्ष कमलराज आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराई लगाएतले पिडित थापाको स्वास्थ्य लाभको कामना गर्दै संगठनले सहयोग अभियान निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

सोहि अवसरमा बोल्दै पिडित शिक्षक दिल थापाले आफ्नो उपचारको लागि ५० लाख वढि खर्च हुने भएकोले र आफूले व्यक्तिगत रुपमा खर्च गर्न नसक्ने भएपछि सहयोगको याचना गरिएको बताउनु भएको छ। हाल सम्म सहयोग गरिरहेका पूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी लगाएत शुभचिन्तक सवैमा आभार व्यक्त गर्नुभएको छ। थापाले आफ्नो उपचारपछि सहयोगमा उठी बँचेको रकम अर्को कोहि पिडितलाई सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ।कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडका अध्यक्ष ढालमणि भण्डारीको अध्यक्षता, उपाध्यक्ष पूर्णपति कंडेलको स्वागत मन्तव्य तथा सचिव यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो। पिडित शिक्षक दिल बहादुर थापाको विगत ८ महिना देखि विपिकोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend