साझा नेटवर्क
रंजित चौरसिया विरगंज चैत्र ४ ।
नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली लिमन समारोह सम्पन्न भएको छ । नेकपा एमाले वडा नं. १० का युवा नेता अजय कुमार गुप्ताको सक्रियतामा उनकै निवास घडिअर्वामा होली मिलन समारोह सम्पन्न भएको हो ।
सो अवसरमा नेकपा एमालेका नेता, कार्यकता, सञ्चारकर्मी लगायतलाई नेता गुप्ताले गम्छा र अबिरको टिका लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजिवी, स्थानियवासीले होलीको अबिर टिका लगाई हर्षोउल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend