साझा नेटवर्क
गोविन्द पोख्रेल, चितवन भदौ २५ ।
भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचार गराउदा गराउदै एक्कासी साँझपख घुमफिर गर्न गएका कलानिधि बस्ने ठाउमा फिरेनन ।
उनका छोरा प्रेमनिधि भारद्वाज भूकम्पले मुलुक आहत भएका बेला दिल्ली स्थित नेपाली राजदूतावासमा सहयोगी भुमिकामा खटिरहे । उनका बुवा हराएपछी खोजी कार्यका लागि सहयोग गरिदिन भनेपछि खुम गुरुंग र हिम शिखर लगायतको टोली दिन रात खट्यो।
हराएको खोज खबरको सूचना पत्रिकामा प्रकाशित गरेपछी जताततै हल्ला भयो एकातिर भने अर्कोतिर दूतावासका यादव राज खनाल, राम कार्किले ठुलो सहयोग गरेको भारद्वाजले जानकारी गराए। का. बा. राजदूत कृष्ण प्रसाद ढकाल र काउन्सेलर कृष्ण प्रसाद पन्तले पनी सहयोग गर्दा खोजी कार्य तिव्र भएको उनको भनाइ रहेको छ । सहयोगमा जुटेका तुलसी ढकाल, टेक खड्का र हरकेश नगरका अशोक थापा लगायतका साथीहरुलाइ पनी धन्यवाद नदिइरहन सक्दिन ।
त्यस्तै आरबि खड्का, बालकृष्ण पाण्डेहरुको सहयोग, दूतावासका यादव सर स्वयम थानामा आएर गरेको सहयोग, आजतक टि. वि. का नितिनले प्रसारण गरेर गरेको सहयोग, हाम्रो स्वाभिमानका प्रेम क्षेत्री, मोहन कार्कि लगायत पुरै टिमले गरेको सहयोग, आचार्य बालकृष्णज्यू महाराजले स्वयम थानामा फोन गरेर गरेको सहयोग, टेकराज पाण्डे एभरेष्ट होटल लक्ष्मी नगर र टेक सापकोटा, नेपालका दाजु–भाइहरु र किशनदत पन्त (उत्तराखण्डका) सहितको १२ जनाको टोलीले लगातार ३५ दिनसम्म खोजीकार्य निरन्तर राख्न सकियो र बुबा भेटिनु भो ।
तर समयमै भेटाएको भए उपचार भएर निको भैसक्थ्यो होला, दैवको लीला आयो लग्यो टप्प टिपि लग्यो भने झैँ भयो । भेन्टिलेटरमा राखेर घरसम्म वहाँलाई ल्याउन सफल भएकोले होला ठुलो युद्धमा विजय प्राप्त गरे जस्तै लागेको छ । सन्दिप रानाको सहयोगी भुमिकाप्रति पनी र लक्ष्मी नगरका आफन्तीहरु प्रति आभारी छु । कल्पना पनी नगरेको कार्य सम्पन्न गरियो । नेपाल वानका ललित सुनार, समाजसेवी राम नेपाल, वृन्दाबनका राजकमल सुवेदी, रामशरण सिलवाल, हरिहर आश्रमका पुन्यानन्द गुरु लगायतका साथीहरुको भरपुर सहयोग रहयो, आभारी छु उनले भने ।
२०३६ सालमा मेजर इंग्लिसबाट बिए पास गरेका कलानिधि यसरी एकाएक गायब हुनु रहस्यमय नै थियो । दिल्ली पुलिसको क्राइम ब्रान्चसँग सम्बन्धित हराएको खोजखबर सम्बन्धित सेलले काम गर्न नजानेको उनको ठहर छ । हामी यसरी नलागेका भए बुबाको खोजी कार्य सम्भव थिएन, उनको भनाइ छ ।
म सारै पीडामा छु, सहयोगी भुमिका निर्वाह गर्ने कोही छुट्न पनी सक्नुहुन्छ, क्षमा चाहान्छु । स्वाभिमानका ती महिला दिदी बैनीहरु जसले निकै राम्रो सहयोगी भुमिका निर्वाह गर्नु भो, नाम कसैको पनी जनाउन नसकेको हुदा क्षमा चाहान्छु, उनको भनाइ रहेको थियो ।
उपचारको दौरान भेटिएको २२ दिनपछि कलानिधि गम्भिर रुपमा अस्वस्थ भएका थिए । उनको उपचार नाजुक अवस्थामा भेन्टिलेटरमा राखेर सुरु गरेको भोलिपल्ट एम्बुलेन्सबाट नेपाल पुर्याएको अर्कोदिन देहान्त भएको बताईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend