साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र ०३।
गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय जनमोर्चाको कारण गण्डकी प्रदेशमा सरकार सम्भव भएको बताउनुभएको छ।
गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पर्यटन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरगत सामुदायीक भवनको वडिगाड गाउँपालिका वडा नं. २, दनियामा सिलन्यास गर्दै मुख्यमन्त्रि पोखरेलले सो कुरा बताउनु भएको हो। गण्डकी प्रदेश सरकार के हुने भन्ने मुख्य भूमिकामा जनमोर्चा रहेको भन्दै मुख्यमन्त्रि पोखरेलले भन्नुभयो ।
“हाम्रो प्रदेशमा नेपाली काँग्रेसको माननियलाई मुख्यमन्त्रि बनाउन भूमिका खेल्ने पाटी जनमोर्चा हो यसको क्रेडिट उतै जान्छ, उसले चाहे गडबड हुन्छ।” मुख्य मन्त्रि पोखरेलले चालु वर्षको बजेट हतारमा आएकोले आगामी बजेट थप व्यवस्थित गरि ल्याउने र संस्कृति संरक्षणलाई पनि प्राथमिकतामा राख्ने बताउनु भएको छ।
त्यस्तै पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मणिभद्र कंडेलले पर्यटन प्रवद्र्धनमा काम गरिरहेको र राना समुदाय लगाएत ग्रामिण क्षेत्रमा होम स्टे सुरु गरे प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ। कार्यक्रममा पूर्व कानुन राज्य मन्त्रि दिलमान पाख्रिन, प्रदेश सांसद पियारी थापा लगाएतको सहभागिता रहेको थियो।
गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पर्यटन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरगत विनियोजित १५ लाख रकमवाट राना सेवा समाज सामुदायिक पर्यटकिय पूर्वाधार निर्माण हुन लागेको हो।
कार्यक्रम सामुदायिक भवन निर्माण समितिको अध्यक्ष सुसिला रानाको अध्यक्षता शिक्षक गणेशमान चालिसेको शुभकामना मन्तव्य, राना समाज सेवाका अध्यक्ष डिल बहादुर रानाको स्वागत मन्तव्य तथा निर्माण समितिका सचिव कमल रानाको सञ्चालन सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend