logo
  • शनिबार, असोज १० २०८३

पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन , अध्यक्षमा बि .क


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उर्मिला यादव यात्री, नवलपरासी चैत ३।
पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ। बर्दघाटमा आज भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे छ।
जसको उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मी अर्याल, सहसचिवमा सम्झना भण्डारी रहनु भएको छ भने सदस्यहरुमा निलम के.सि. र डाेल कुमारी चाैधरी रहनु भएको छ । यस्तै गरि कार्यक्रममा अध्यक्ष बि .क ले समुहले जिल्लामा पत्रकार महिलाको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने बताउनु भएको छ।

उहाले जिल्लामा पत्रकार महिलाहरु सक्रिय रुपमा अघि बढे पनि महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि अझै पनि तालिमको आवश्यकता रहेको समेत जोड दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend