साझा नेटवर्क
अनिल खत्री, गुल्मी चैत ३ ।
होली पर्वको आबरमा गुल्मी जिल्लामा पनि मनाइएको छ । जिल्ला सदरमुकाम तम्घास बजार सहित ग्रामीण वस्तीहरुमा रहेको मुख्य बजार केटाकेटीदेखि युवाहरु र पाका नागरिक पनि रमाइलो गर्दै होली खेलेर मनाएका हुन् ।
कोरोना कहरले गर्दा २ वर्षसम्म होली पर्व मनाउन नपाएकाहरु यसवर्ष रमाइलो गर्न पाउदा निकै रमाइलो लागेको बताएका छन् । कोरोनाको प्रभाव कायमै रहेपनि साथीहरुसँग रमाइलो गरेर होली मनाएको स्थानीय युवा रोशनसिंह ठकुरीले बताए। कोरोना कहरभन्दा अगाडीका वर्षहरुमा जस्तो रमाइलो नभएपनि साथीसाथी बिचमा रङ, अबिर र लोला खेलेर रमाइलो गरेर मनाइएको ठकुरीले बताए ।
अघिल्ला वर्षहरुमा तम्घास बजारमा बिभिन्न संघ संस्था समुह मिलेर होली खेल्ने गर्नाले निकै रमाइलो र चहलपहल हुने गर्दथ्यो । तर यसवर्ष त्यस्तो भव्य रुपमा होली खेल्ने जमात भने घटेको पाइएको छ। विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ ।
आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend