logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले कालीगण्डकी गाउँकमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी चैत्र २।
नेकपा एमाले कालीगण्डकी गाउँकमिटी गुल्मीले स्थानीय निकायको निर्बाचन नजिकिँदै गर्दा “म जहाँ छु ,त्यहि खट्छु ,मेरो वडा र पालिका म जिताउँछु ” भन्ने मुल नाराका साथ दोश्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट कनौटा सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा गाउँपालिका भित्रका सात वडा बाट वडा कमिटी अध्यक्षहरुले बर्तमान अवस्थाको चलायमान पार्टी संगठन बारे रिपोर्टिङ गरेका थिए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य , गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थी ,केन्द्रिय सदस्य जंग नेपाली ,जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाको विशेष उपस्थिति रहेको थियो ।

स्थानीय निर्बाचन केन्द्रीकृत रणनीति पार्टी संगठन बिस्तार सम्बन्धमा अतिथिहरुले विशेष प्रशिक्षण दियका थिए l कार्यक्रम गाउँकमिटी अध्यक्ष रामजी ढकालको अध्यक्षतामा सुचारु गरिएको थियो । कार्यक्रमको संचालन शेर बहादुर बुढाले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend