साझा नेटवर्क
गुनाराम घिमिरे, बुटवल चैत २।
भरतपुर–२६ दिव्यनगर निवासी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुक्बिनी प्रदेशका प्रदेश प्रमुखअमिक सेरचनलाइ मंगलबार उनकै गृहनगरमा सम्मान गरीएको छ।
भरतपुर -२६ वडा कार्यालयले नवर्निमित भवन उदघाटनको अवसर पारेर प्रदेश प्रमुख द्वयलाइ सम्मान गरेको हो। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्दै मेयर दाहालले गुरूङ र शेरचन गण्डकी र लुम्बिनी प्रदेश प्रमुख भइरहँदा समग्र सिंगो चितवनलाई गौरबबोध भएको वताइन।
वडाकार्यालयको थप भवनको उदघाटन गर्दै मेयर दाहालले बिकास निर्माण काममा भरतपुर माहानगरपालिकाले छोटो अवधिमा लामो फडको मारेको वताइन। प्रदेश प्रमुख गुरुङले चार दशकभन्दा लामो समय राजनीतिको दौरानमा प्रदेश प्रमुख हुने अवसर मिलेको र आफ्नो कार्यकाल असल काम गरेर बिताउने बताए । प्रदेश प्रमुख गुरुङले भने, ‘अब मैले सक्रिय राजनीतिबाट विश्राम लिएको छ, म तटस्थ बस्नेछु, प्रदेश प्रमुखको भूमिका मात्र निभाउनेछु ।’
उनले आफू गण्डकी प्रदेशमै जन्मेको हुनाले गण्डकी प्रदेशको विकासमा निरन्तर लाग्ने बताए ।चितवनबाटै राजनीति गरेको हुनाले गण्डकी प्रदेशको प्रमुखको नाताले पनि चितवनको विकासमा सक्दो योगदान पु¥याउने उनको भनाइ थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइसराइसँगै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका हुन् ।यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे ।
आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् ।संविधान, नियम र कानुनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताए। उनले सहमतिमा मुलुकको राष्ट्रियता र सार्वभौमिकता जोगाउन सक्ने बताए। आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा (एमाले) का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गरे ।
भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर–२६ को नवनिर्मित भवनको निम्ती २ कठ्ठा जग्गादान गरेका स्व.एकदेव प्रधानका परीवारजनहरू हिरण्यदेव प्रधान,यज्ञदेब प्रधान,दिव्यदेव प्रधान र लक्ष्मीदेवी प्रधानलाइ र रू. ६ लाखमा थप १ कठ्ठा ७ धुर जमिन खरीदका निम्ति सहयोग गरेका सहयोग दाताहरूलाइ पनि सम्मान गरीएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend