logo
  • शनिबार, असोज १० २०८३

प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रामु भुसाल, बुटवल चैत २।
पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता हुने भएको छ।
नवलपरासी चाङ हुन अन्र्तराष्ट्रिय तेकवान्दो संघ बर्दघाट १३ को आयोजनामा यही चैत्र ५ गते शनिबार बर्दघाट १२ भटवलिया स्थित बुद्धमंगल कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नितेन कुमार रौनियारले महिला र पुरुष स्पेयरिंग र प्याट्न प्रतियोगिता अन्र्तगत महिलाहरुका लागी २० देखी २५ र ४५ देखी ५० किलो त्यस्तै पुरुषहरुका लागी २० देखी २५ र ६० देखी ६५ किलो एकल स्पेरिंग प्रतियोगिता र महिला र पुरुष एकल प्यार्टन प्रतियोगिता अन्र्तगत महिलाहरुका लागी पहेलो र रातो बेल्ट त्यस्तै पुरुषहरुका लागी पहेलो र ब्ल्याक बेल्ट प्रथम डन प्रतियोगिता हुनेजानकारी दिनुभएको छ ।

सो प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र ५० कास्य पदक रहने बताउदै प्रतियोगितामा लुम्बिनी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी अर्घाखाची र नवलपरासी पश्चिम गरि ६ जिल्लाका करिब २ सय ५० प्रतियोगिले भाग लिने जानकारी दिनुभयो । प्रतियोगितामा करिब साडे २ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।प्रतियोगिता मा उत्कृष्ट हुने प्रतियोगी लाई केन्द्रिय प्रतियोगिता मा सहभागी गराइने आयोजक ले जनायेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend