logo
  • शनिबार, असोज १० २०८३

आर्थिक अभावमा छटपटाई रहेका युवाको गुल्मी अस्पताले फर्काइदियो खुट्टा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी फागुन ३० ।
गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाई रहेका एक युवाको उपचार भएको छ। एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका इस्मा गाउँपालिका वडानम्बर–५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यलय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले नि:शुल्क उपचार गरेको हो।

जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका घर्ती एक्कासी खुट्टामा घाउभई आर्थिक अभावमा उपचारमा नपाएर छटपटाइरहेका थिए। उनलाई साहारा दिने घरमा कोही नभएकाले उपचारमा समस्या भएको थियो ।ज्याला मजदुरीमा दैनीक बिताउदै आएका २६ बर्षिय टोप बहादुर घर्ती गुल्मी अस्पतालले निशुल्क उपचार गरेर जिवन दान दिएको छ। काम गरेर खाने उमेरमा उनको त्यो घाउले निकै चिन्ता थपिएको थियो ।

दैनिक ज्याला मजदुरी नगरेसम्म बिहान बेलुकी खर्च चलाउदै आएका थिए। घर्तीको एक्कासी जुत्ताले खुट्टामा सानो घाउ बनाएपछि ठूलो रुप ल्याएपछि समस्या आयो ।सानो घाउमा धुलो सिमेन्टका कर्णहरु पस्दै गए त्यसपछि घाउले ठूलो रुप लिएको उनले बताए । खुट्टा सुनिदै गयो उनले भने, ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो बल्ल उपचारमा आए’ ।

उपचार गर्न गुल्मी अस्पताल आएका घर्तिको सकेसम्म अनेत्र उपचार गर्न पठइएपनि आर्थिक अभावले सम्भव भएन । त्यस लगत्तै यहाँका महिला अधिकार कर्मी तारा पौडेल, जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सहितले गुल्मी अस्पताका सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चालाई जसरी हुन्छ उपचार गर्नुस् भनेर आग्रह गरे ।

त्यस लगत्तै गुल्मी अस्पतालको टिमले घर्तिको झण्डै ३ महिनासम्म उपचार गरे । घाउ निको हुँदै गयो । विपन्न,तथा आर्थिक अबस्था कमजोर भएका घर्तिको ७५ दिनपछि गुल्मी अस्पताल बाट डिस्चार्ज भएका छन् ।आर्थिक अभावले उपचार पर्खिरहेका घर्तीले निशुल्क उपचार पाएपछि पुर्नजीवन पाएको महशुस उनले गरेका छन् । अब काम गरेर खान सक्ने भएको छु घर्तिले भने, ‘यो अबस्थामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन्छु’।

घर्तिको घाउ चुनौतिपूर्ण भएपनि गुल्मी अस्पतालका सम्पूर्ण टिमका कारण उपचार सफल भएको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चाले बताए । घाउको प्रकृति हेर्दा खुट्टा नै काटनु पर्ने अबस्थामा पुग्न थालि सकेको पच्चाले बताए। पिडित घर्तिलाई अस्पतालसम्म ल्याई सहयोग तथा दैनिक खटिएर उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले धन्यबाद दिए ।

विपन्न, तथा आर्थिक अबस्था कमजोर भएकै कारण उपचार नपाई छटपटाएर हिड्न नपरोस भनेर राज्यको तर्फबाट पहलकदमी लिएको पौडेलले बताए। घर्तिको उपचार पश्चात महिला अधिकार कर्मी, सरकारी तथा राज्यले पनि नागरिकको दुखःमा साहारा दिन्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend