साझा नेटवर्क
रीना सापकोटा खनाल
जितपुर सिमरा १४
बारा
रहेन नेपाल रहेनौँ नेपाली हाम्रो नेपाली शान बेचियो
पृथ्वीनारायणले आर्जेको गोर्खाली पहिचान बेचियो !!
आफ्नो जीवन दाउमा राखी बनाएको सिङ्गो राष्ट्र
तिनै सहिदहरुको सपना बेचियो बलिदान बेचियो !!
तराई पहाड हिमाल लालीगुँरास मयूर डाँफे मुनाल
कहिल्यै नझुक्ने शिर सगरमाथाको स्वाभिमान बेचियो !!
हिजो तिनिहरुको हत्या गरियो आज देश बेच्नु रहेछ
त्यसैले त राजतन्त्र सकियो हाम्रो राष्ट्रियगान बेचियो !!
बनाएरै छाडे ती राष्ट्रघातीले गठबन्धन सरकार आज
सुनेनन् आम जनताको आवाज त्यो आह्वान बेचियो !!

रीना सापकोटा खनाल बारा, नेपाल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend