logo
  • शनिबार, असोज १० २०८३

महिला अधिकार संस्थागत गर्न पुरुषको सहकार्य आवश्यक : प्रदेश प्रमुख शेरचन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुनाराम घिमिरे, बुटवल फागुन २४।
नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । कार्यकारी र निर्णायक पदमा महिलाको संख्या बढाउन उनीहरुले सुझाब दिए ।
१ सय १२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुटवलमा आयोजना गरेको महिलाको नेतृत्व र अर्थपूर्ण सहभागिता विषयमा अन्तरसंवाद कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् । राजनीतिक नेतृत्वमा महिला बढायो भने शाशनसत्तामा महिलाको सहभागिता बढाउन सकिने भन्दै उनीहरुले दलभित्र हस्तक्षेपकारी भूमिका खेल्न महिला नेतालाई आग्रह गरे ।

प्रदेश प्रमुख अमिक कुमार शेरचनले महिला अधिकार संस्थागत गर्न पुरुषको सहकार्य आवश्यक रहेको बताए । घरभित्रको काम र जिम्मेबारी बाडफाड गरेमात्रै महिलाहरु घरबाहिरको काममा सहभागी हुनसक्ने जनाए। उनले महिला सहभागितालाई सस्थागत गर्न र विभेद हटाउन ऐन कानुन निर्माण र कार्यान्वयनलाई ध्यान दिन पनि आग्रह गरे । ‘संविधानमा भएपनि व्यवहारमा महिलाको नामबाट सन्तानलाई नागरिकता दिन नपाउने, महिला भएकै कारण हिंसा भोग्नुपर्ने र उचित न्याय नपाउने अवस्था नरहोस्  प्रदेश प्रमुख शेरचनले भने ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले लैंगिक विभेद हटाउन लैंगिक समानता नीति बनाउदै गरेको बताइन् । उनले नेतृत्वमा पुग्न घरदेखि नै महिलालाई अवसर र सहयोगको आवश्यकता रहेको जनाइन् । श्रम रोजगार तथा यातायात मन्त्री पुर्मती ढेंगाले महिलालाई नेतृत्वमा पुग्न अवसर आएपनि थुप्रै चुनौति रहेको बताइन् । महिला भएकै कारण हुने चुनौति हल गर्न पुरुषको पनि सहयोग चाहिने उनले बताइन् । प्रदेश सभासद कमला विश्वकर्माले पछाडि परेका वर्ग र समूहका महिलालाई समेत मूल धारमा ल्याउन काम गर्नुपर्ने बताइन् ।

उनले महिला अधिकार महिलाको मात्रै नभएर मानवअधिकार भएकाले पुरुषहरुले समेत समान अवसर दिनुपर्ने जनाइन् । कार्यक्रममा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सामाजिक महाशाखा प्रमुख शारदा वश्याल र पत्रकार अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले कार्यपत्रले औल्याएका महिला नेतृत्वमा पुर्याउन भएका कमजोरी सुधार्ने बताए ।

युएनएफपिएका प्रदेश संयोजक राम थापाले लैंगिक हिंसाका हिसाबले प्रदेश छैटौ स्थानमा रहेकाले हिंसा न्युनिकरण गर्न अभियान चलाउनुपर्ने बताए । उनले हिंसा न्युनिकरण गर्न सकेमात्रै महिलाहरु अधिकारका बारेमा बोल्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend