साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान फागुन २४।
महेन्द्र माध्यमिक बिधालय गौमुखी गाउँपालिका पुजा प्युठानको ६०औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बाबुराम के सिको अध्यक्षता तथा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभासद माननिय तारा जि सि र गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिको विशेष आथित्यतामा रहेको थियो। बिधालयले विविध प्रतियोगिता गरि कार्यक्रम मनाएको हो।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभासद माननीय तारा जि सिले बिधालय भनेको मन्दिर हो शैक्षिक क्षेत्रको बिकास भए मात्र समाजको उन्नति हुने बताउनु भयो।
तेसै गरि विशेष अतिथी गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले आफू बाल्यकालमा अध्ययन गरेको बिधालयमा बोल्न पाउँदा खुशीको अनुभुति गर्नु भयो। भने भौतिक संरचना ,विद्यार्थीको छात्रवृत्ति ,शिक्षकको ब्यबस्थापनमा गाउँपालिकाले चासो राखेको,शैक्षिक सुधारको लागि पालिका कतिबद्ध रहेको बताउनु भयो। सो कार्यक्रममा अक्षयकोष स्थापना गरेकालाई सम्मान गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend