logo
  • शुक्रबार, असोज ९ २०८३

माओवादी केन्द्र गुल्मी १ ‘ख’ को बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल,गुल्मी फागुन २१ ।

नेकपा माओवादी केन्द्र, गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को बिस्तारित बैठक सम्पन्न भएको छ । शनिबार बैठकमा आगामी स्थानीय तहको निर्वाचनको रणनीति, पार्टीको नीति तथा योजना लगायतका विषयमा छलफल गरिएको छ ।बैठकले आगामी निर्वाचनको तयारीका लागि विभिन्न निर्णयहरु गरेको छ । वडा तथा पालिकास्तरका सबै जनवर्गिय संगठनहरुलाई परिचालन गर्ने, मत सर्वेक्षण गर्ने, सम्मेलन नभएका वडाहरुमा वडा सम्मेलन गर्ने, नेताहरु गाउँकेन्द्रित भई पार्टीका विभिन्न कार्यक्रम संचालन गर्ने लगायतका निर्णयहरु बैठकले गरेको सोही क्षेत्रका पार्टी संयोजक अशोक थापाले जानकारी दिए । त्यस्तै प्रमुख अतिथि पार्टीका लुम्बिनी प्रदेश कार्यालय सचिव एवम् गुल्मी जिल्ला इन्चार्ज सुदर्शन बरालले एमसिसिको बिषयमा उठेका प्रश्नहरुको स्पष्टिकरण दिएका थिए । पार्टी अध्यक्ष प्रचण्डले एमसिसिमा ११ बुँदा थप गरेको र त्यसलाई अमेरिकाले समेत स्वीकारेको नेता बरालले बताए ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् सासंद गीता थापाले विगत चार बर्षमा गरेको विकासको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रम माओवादी केन्द्र क्षेत्र नम्बर १ ‘ख’ का संयोजक अशोक थापाको अध्यक्षता, पार्टीका छत्रकोट गाउँपालिका अध्यक्ष लोकनाथ पाण्डेको स्वागत मन्तव्य एवम् माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिका अध्यक्ष मनिराम ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend