साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु फागुन २१ ।
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा दयाराम पौडेल चयन हुनु भएको छ । शनिबार सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न २३औं जिल्ला सम्मेलनबाट पौडेल अनेरास्ववियुको अध्यक्ष चुनिनु भएको हो ।
अखिलको ३९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अन्जित खनाल, सचिवमा सन्दीप आचार्य, सहसचिवमा हेमराज खनाल, दीपा गैरे र बिस्नु घिमिरे तथा कोषाध्यक्षमा राहुल यादव चयन हुनु भएको छ । जिल्ला सम्मेलन अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज यम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सम्मेलनमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, लुम्बिनी प्रदेश सभा सदस्य एवम एमाले नेता विष्णु पन्थी, एमाले नेता विश्व कार्कि, नेकपा एमाले शिवराज नगरकमिटी उपाध्यक्ष महादेव पोख्रेल,अनेरास्ववियुका पुर्व अध्यक्ष एवम केन्द्रिय सदस्यहरुलगायतको उपस्थितिमा जिल्ल अधिवेशन सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend