साझा नेटवर्क
नेकपा एमाले गल्कोट नगरकमिटिको आयोजनामा पार्टि प्रवेश कार्यक्रम हटियामा सम्पन्न भएको छ। सो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य देव कुमार नेपालले वामपन्थीहरुको ध्रुवीकरण एमालेमा हुने वताउनु भएको छ। देशको समृद्धिको लागि एमालेको विकल्प नभएको भन्दै प्रदेश कमिटि सदस्य नेपालीले एमालेमा एकतावद्ध हुन सवैलाई आह्वान समेत गर्नुभएको छ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य दधिराम शर्मा, जिल्ला कमिटि सचिवालय सदस्य फडिन्द्र थापा लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३९ जना व्यक्तिहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटि सदस्य तथा अनेमसंघ गल्कोटका अध्यक्ष रुपा वि.क.ले जानकारी दिनुभएको छ। कार्यक्रम नेकपा एमाले गल्कोट नगरकमिटि अध्यक्ष पूर्ण बहादुर काउचाको अध्यक्षता, जिल्ला कमिटि सदस्य एवं अखिल नेपाल महिला संघ गल्कोट नगर अध्यक्ष रुपा वि.क.को स्वागत मन्तव्य तथा एमाले नगर सचिव दान बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend