साझा नेटवर्क
कृष्ण भट्टराई,गुल्मी फागुन १३ ।
श्री पशुपति निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका -४ तल्लो दजाकोट गुल्मिमा शुक्रवारिय कार्यक्रम अन्तर्गत छात्र / छात्रा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा -३ देखि कक्षा ८ सम्म अध्ययनरत विभिन्न पाँच सदन का बीस जना छात्र /छात्रा सहभागी उक्त प्रतियोगितामा थोमस अल्वा एडिसन सदनबाट कक्षा ७ कि छात्रा झविकला थापा प्रथम स्थान प्राप्त गर्न सफल भइन।
लुइ पास्चर सदनबाट कक्षा ३ का छात्र अनमोल गाहा मगर द्वितीय भए भने न्युटन सदनबाट कक्षा ८ का छात्र चन्द्र बहादुर बि.क.तृतीय स्थान प्राप्त गर्न सफल भए। प्रतियोगिताका बिजेताहरुलाइ बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले टीका तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
बिद्यार्थिमा लुकेका प्रतिभा प्रफुष्टन गर्ने उद्देश्यले बिद्यालयले हरेक शुक्रवार तथा विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय दिवसहरुको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
एकल गायन प्रतियोगिता शिक्षिका सङ्गिता राकसकोटिको सहजिकरण तथा शिक्षिका गिता ढकाल भट्टराईको सन्चालनमा सप्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend