साझा नेटवर्क
अनिल खत्री,गुल्मी फागुन १० ।
युवा समाजसेवी तथा नेपाली काङ्ग्रेस मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङ्गका सभापति सुशील चन्दले काेभिड सङक्रमणलाई मध्यनजर राख्दै अग्लुङ्ग भित्रका सम्पुर्ण बिधालयहरुमा माक्स बितरण गर्नु भएको छ ।
विभिन्न टाेलहरुबाट बिधार्थिहरु जम्मा हुने र एकैठाउमा धेरै बिधार्थिहरु भिडभाड हुने भएकाले बिधार्थिहरुकाे स्वास्थ अवस्था लाई मध्यनजर गर्दै अग्लुङ्गमा रहेका ७ वटै बिधालय लाई माक्स बितरण गर्नु भएको हो । सनिवार ,आइतबार र सोमबार गरि बिधालयका सम्पुर्ण बिद्यार्थीलाई माक्स बितरण गरिएको छ । माक्स बितरण गर्दै चन्दले भन्नु भयो माक्सले रुघाखोकी,कोरोना संक्रमण र धुलाे बाट पनि बचाउन सहयोग गर्ने भएकोले अग्लुङ्ग भित्रका बिधालयहरु अग्लुङ्ग मा वि ,रघुफेदि प्रतिमान मा वि ,बालबिकास प्रा बि ,ओख्लेदह प्रा वि ,घडेरी प्रा वि ,जनज्योति प्रा वि ,भगवती बालबिकास केन्द्र लाई गरि जम्मा ०५ हजार ०१ सय पिस माक्स बितरण गर्नुभएको छ ।
बिगतका समयमा पनि चन्दको पहलमा अग्लुङ्ग स्वास्थ चाैकिलाई माक्स र सेनिटाईजर उपलब्ध गराउनु भएको थियो । माक्स ग्रहण गर्दै अग्लुङ्ग मा बि कि छात्रा प्रमिला कुवर ले बिधार्थिहरुकाे स्वास्थमा गम्भीर बनी सहयोग गरेको मा अाफुहरु निकै खुसि भएको र सहयोग दाता सुशील चन्द लाई धन्यवाद दिएकि थिन । यस्तै बालबिकास प्रा वि का प्रधानाध्यापक रामसागर चन्दले सुशील भाइ धन्यवाद काे पात्र हुनुहुन्छ । यस्ता सामाजिक ब्यक्तित्वहरु यो समाजलाई अति अाबश्यक रहेको बताउनु भएको छ ।
रघुफेदि मा वि का शिक्षक बिनाेद सेनले माक्स देख्दा सानो देखिएपनि यसले विभिन्न सरुवा राेगहरुबाट वच्न बचाउन सहयोग गर्ने भएकोले सबैले अनिवार्य लगाउनु पर्ने बताउदै सभापति सुशील चन्दलाई धन्यवाद दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend