साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी भदौ २४।
गुल्मीको बडा गाँउ हलो गाडेमा पनि बिपी जयन्ती मनाइएको छ। नोली काङ्ग्रेस गाँउ कार्य समिति बडा गाँउका सदस्य ज्ञान बिसीको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक झबिन्द्र भण्डारीको प्रमुख अथितित्वमा रहेको थियो ।
भने कार्यक्रममा श्याम थापा, युक्त सिँह, चिना बहदुर सिँह, केशब सिँह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि भण्डारी, युक्त सिँह, चिना सिँह लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले प्रजातन्त्र स्थापनामा बिपीको ठुलो योगदान भएको बताउनुभएको थियो । प्रजातन्त्रको बिकल्प नभएको भन्दै बिपीको सिद्धान्तको सधै कदर गरिनुपर्ने बताए । संबिधान निर्माणमा नेपाली काङ्ग्रेसले ठुलो भुमिका खेलेको भन्दै कार्यान्वयनमा ल्याउन लागि पनि ठुलो भुमिका हुनुपर्ने बताए।
केशब सिँहको स्वागत मन्तब्यबाट सुरु रहेको उक्त कार्यक्रम सञ्चालन सहसचिब पदम सिँह ठकुरीले गरेका थिए । यसैगरी पौदी अमराइमा पनि बिपी जयन्ती मनाइएको छ।नेपाली काङ्ग्रेस पौदी अमराइका सभापति दान बहादुर केसीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिब शंकर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा बिपीको जीवनीको बारेमा चर्चा गरिएको थियो भने गाँउ कार्य समितिका पदाधिकारीहरु, नेपाली काङ्ग्रेसका शुभचिन्तक, सक्रिय कार्यकता लगायतको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend