logo
  • शुक्रबार, असोज ९ २०८३

कालीगण्डकीमा काँग्रेस परित्याग गरी एमाले प्रवेशको लहर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी फागुन ७ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि चार युवा एमाले प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल कालीगण्डकी गाउँ कमिटिको प्रथम अधिबेशनको अवसरमा वडा नम्बर सात भुर्तुङ्ग धुवाँखोलाका प्रबिन गुरुङ्ग, रबिन गुरुङ्ग, सुरज गुरुङ्ग, ओम गुरुङ्ग युवा संघ नेपालका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश ईन्चार्ज तुल बहादुर अधिकारिको हातबाट टीका खादा ग्रहण गर्दै एमाले प्रवेश गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल कालीगण्डकी गाउँकमिटिको प्रथम अधिबेशनमा रामु पटेल अध्यक्ष धुर्ब पाण्डे वरिष्ठ उपाध्यक्ष लाल बहादुर राना, सिजन थापा ,उपाध्यक्ष राजन पाण्डे सचीव रहेको ४७,सदस्यीय कार्य कमिटी गठन गरिएको छ ।

उक्त अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै केन्द्रिय सचिब तुल बहादुर अधिकारिले युवा संघ नेपाल नेपाली सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानको पक्षमा पहरेदार भएको बताए ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी अध्यक्ष रामजी ढकालले युवा हरु देश निर्माणको बलियो आधार संगै संगठन निर्माणमा अझ शशक्त भएर लाग्नु पर्ने बताए ।

त्यस्तै युवा संघ नेपाल जिल्ला कार्य कमिटी गुल्मीका काेषाध्यक्ष सुरेस भण्डारि विशेष अतिथिको रुपमा बोल्दै युवाहरु समतामूलक,सभ्य र विभेद रहित समाज निर्माणको मेरुदण्ड भएकाले नेतृत्व लिदै अगाडि बढ्नु पर्ने बताए । उक्त कार्यक्रममा युवा हरुको व्यापक सहभागिता संगै उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend