logo
  • आइतबार, असोज ११ २०८३

यातयात कार्यालयद्वारा लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर संचालनमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी, गुल्मी फागुन ७ ।
जिल्ला इस्मा गाउँपालिका निवासी ‌सन्तोष क्षेत्री बिहीबार गाडीको ट्रायलको लागि गरिने मेडिकल देखि फिन्गरिन र फोटो खिच्न र राजस्व बुझाउन यातयात कार्यालय बिहान कार्यालय खुल्ने समयमा पुगे र सबै काम गर्नको लागि उनलाई दिनको ४ त्यही यातयात कार्यालय बित्यो जता गयो उतै मान्छे हरूको लाईन काम धेरै नभएपनि मान्छेहरूको भिडले काम झन्झटिलो भएकाले उनलाई दिक्क लागेको थियो ।
तर उनी गुल्मी देखि त्यही काम को लागि आएको हुँदा जस्तो सुकै झन्झटिलो भएपनि काम गर्ने पर्यो । सन्तोष भन्छन लाइसेन्सको अनलाईन फारम भोर्न गार्हो त्यसैमाथि कार्यालयको भिडाभाडले गर्दा कठिन बनाईदिएकोले आम सर्वसाधारण नागरिकलाई लाइसेन्स लिन त युद्ध जिते बराबर जस्तै भएको, सन्तोष त एक एउटा उदाहरणीय पात्र मात्र हुन । उनि जस्ता सयौं युवाहरु लाईन यातयात कार्यालय अगाडि दिनहुँ देखिने गर्दछ।यिनै सेवाग्राही हरूका समस्या हरू लाई यातयात कार्यालय समक्ष राखेका थियौं यातयात कार्यालय का प्रमुख तेजनारायण यादबले जानकारी दिन्छन् । नागरिकका समस्या हरूलाई केन्द्रमा राखेर बुटवल लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ बेलवासमा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो ।
एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ । एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको । सेवा लिन आउने नागरिक लाई सहज हुने दावी गरे।

आफु यातयात कार्यालयमा आएपछि कसरी लाइसेन्स लिन चाहाने हरूलाई सहजता प्रदान गर्ने भन्ने कार्यमा मात्र लागेको प्रमुख बताउँछन्। उनी भन्छन, विगतमा बुटवल–११ देविनगरमा अवस्थित अर्कैको जमिनमा ट्रायल परीक्षा लिँदै आएको कार्यालयले आफ्नै संरचनामा सेवा दिन थालेपछि सेवाग्राहीहरु ठगिनबाट बच्ने अपेक्षा गरिएको छ । करिब २ विगाहा क्षेत्रफलमा संरचना निर्माण गरी एकै ठाउँबाट एकै साथ साना, मझौला तथा ठूला वसारी साधनका लागि प्रयोगात्मक परीक्षा सञ्चान गर्न मिल्ने बताइएको छ ।

अब दैनिक ८ सय परीक्षार्थीले दुई पाङ्ग्रे सवारीका साधनका लागि परीक्षा दिन पाउने छन् भने साढे ३ सय बढी परीक्षार्थीले मझौला तथा ठूला सवारीका साधनका लागि प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउने भएका छन् । अब सेवाग्राही हरूका समस्याहरू हल हुने गरी काम गरेको र अब कसैले पनि पहिला जस्तो दुख पाउन नपर्ने विश्वास लिएको र ट्रयाल दिने ठाउँमा।

कार्यालयको प्रत्यक्ष निगरानी रहने हुँदा बिचौलियाहरुको प्रवेश निषेधले यसलाई थप व्यवस्थित बनाउने यादवको दाबी छ । लाइसेन्स शाखाको कार्यालयसँगै जोडिएको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सम्बन्धित परीक्षार्थी बाहेक अन्यले प्रवेश पाउने छैनन्। यसैगरी परीक्षार्थीहरुले कार्यालयले नै व्यवस्था गरेको सवारीका साधानबाट परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ ।

कार्यालयले गरेको नयाँ व्यवस्थासँगै विभिन्न ड्राइभिङ इन्ष्टिच्युटहरुले उपलब्ध गराउने वर्षौ पुराना र बिग्रेका सवारीका कारण परीक्षार्थीहरु अनुतिर्ण हुने समस्याको पनि समाधान हुने प्रमुख यादवले बताए । प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले यो नेपाल कै नमुना भएको बताए ।

ट्रायल सेन्टर र लाईसेन्सको कार्यालय एकै ठाउँमा भएकाले जनताले सहज रुपमा ट्रायल दिन सक्ने उनले बताए । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्यका लागि कार्यालयले सेवाग्राहीहरुलाई आफैले सवारीका साधन उपलब्ध गराउने भएको छ ।

नयाँ व्यवस्थासँगै प्रयोगात्मक परीक्षा उत्तिर्ण गर्नेहरुको संख्या १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने उनको अनुमान छ । कार्यालयले टेन्डर प्रक्रिया मार्फत कम्पनीको छनोट गरी ट्रायल सेन्टर भित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुई पाङ्ग्रे सवारी लाइसेन्स अन्तर्गत ६(६ वटा मोटर साइकल र स्कुटरको व्यवस्था गरेको छ । भने चार पाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सिको व्यवस्था गरेको छ ।

श्यामसुन्दर बीएन जेभिसँग ५ वर्षका लागि सम्झौता गरिएको बताउँदै उनले ठूला तथा साना सवारीका नयाँ साधन समेत उक्त कम्पनीले उपलब्ध गराउने भएको छ । २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता अनुसार कम्पनीले ट्रायल सेन्टसहित लाइसेन्स शाखाको कार्यालय भवन तथा बिलबुक शाखाको कार्यालय भवन निर्माण र बाउन्ड्रिको काम अन्तिम चरणमा पुगेको छ ।

करिब २ विगाह क्षेत्रफलमा निर्माण भएको बिलबुक शाखा र २ बिगाह क्षेत्रफलमा निर्माण भएको लाइसेन्स शाखा एकै ठाउँमा हुँदा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ । करिब दुइमहिनाको अवधिमा नयाँ भवनमा कार्यालय संचालन गर्ने गरि काम भैरहेको यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयका लक्ष्मण पाण्डेयले जानकारी दिए । भने अब नागरिक ले दुख पाउने र कार्यालय मित्रको काम घन्टौं लाइनमा बस्नुपर्ने र समस्या छिट्टै हल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend