logo
  • आइतबार, असोज ११ २०८३

बडिगाडको टुनिवोटमा २५० जनाको स्वास्थ्य जाँच, १०० जनालाई चस्मा वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ फागुन ७ ।
बृहत जनस्वास्थ्य अभियान अन्तरगत बडिगाड गाउँपालिका वडा नं. ७ टुनिवोटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २ सय ५० जना विरामीले स्वास्थ्यजाँच गरेका छन्, जसमध्य १ सय जनाले आँखा जाँच गराएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलले जानकारी दिनुभएको छ।
सो शिविरमा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिष्ट रुद्र खत्रि, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याव टेक्नोलोजिष्ट नारायण प्रसाद कोइराला, भिमगिठे स्वास्थ्य चौकीका सवै स्वास्थ्य कर्मि लगाएतले स्वास्थ्य जाँच गर्नुभएको थियो।

शिविरमा सय जनालाई चस्मा वितरण गरिएको, सवै विरामीलाई आवश्यक औषधि वितरण गरिएको जनस्वास्थ्य निरिक्षक कंडेलले जानकारी दिनुभएको छ। शिविरमा भिडियो एक्सरे, सुगर, पिसाव, प्रोटिन जाँच लगाएत सेवा रहेको र औषधि सहित सवै सेवा निशुल्क हुने गाउँपालिकाले जनाएको छ।

त्यस्तै शिविरमै ७० जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ भने ३५ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ।

आजको कार्यक्रम व्यवस्थापनमा इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीपनि खटिएको थियो। भोली अर्थात आइतवार भिमगिठे स्वास्थ्य चौकीमा हुने वृहत स्वास्थ्य शिविरको लागि गण्डकी मेडिकल कजेल पोखराको विशेषज्ञ डाक्टरहरुको टोली बडिगाड आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend