साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी फागुन ६ ।
श्री पशुपति निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ तल्लो दजाकोट गुल्मीले अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । गत पौष महिनाको अन्त्यमा अर्धवार्षिक परिक्षा सप्पन्न भएको र त्यसपछि कोभिड -१९ को संक्रमण बढेपछी माघ महिनाभर विद्यालय बन्द गर्ने सरकारको निर्णयले गर्दा परिक्षाफल प्रकाशन हुन सकेको थिएन ।
फागुन १ देखि पुनः विद्यार्थिको भौतिक उपस्थितिमा विद्यालय सन्चालन भएपछी शुक्रबारीय कार्यक्रमको स्थानमा नतिजा प्रकाशन कार्यक्रम राखिएको विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो । विद्यालयमा नर्सरी देखि कक्षा तीनसम्म युनाइटेड वर्ल्ड स्कुल्स नेपालको सहकार्यमा अङ्ग्रेजी माध्यमका कक्षा सन्चालनमा छन भने कक्षा ४ देखि कक्षा ८ सम्म नेपाली माध्यमका कक्षा सन्चालनमा रहेका छ्न ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपालले विद्यालयलाई शिक्षाको गुणस्तर सुधारको क्षेत्रमा विभिन्न सहयोग उपलब्ध गराउदै आएको छ । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारी बिद्यार्थि, अभिभावक तथा UWS फेलो शिक्षकको उपस्थितिमा, परिक्षामा सफल विद्यार्थिहरुलाइ टीका तथा पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपालद्वारा लकडाउनको समयमा अनलाइनमार्फत सन्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल शिक्षक तथा विद्यार्थिलाइ मेडलद्वारा सम्मान प्रदान गरिएको थियो । परिक्षाफल प्रकाशन कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र-छात्राद्वारा गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम बविद्यालय ब्यबस्थापन समिती अध्यक्ष बालकृष्ण पुनको अध्यक्षता, शिक्षक अभिभावक संघ अध्यक्ष थमन बहादुर गाहा मगर र विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटीको विशेष आतिथ्यता, शिक्षिका गिता ढकाल भट्टराईको स्वागत मन्तव्य तथा शिक्षिका कुमारी सनारी र युनाइटेड वर्ल्ड स्कुल्स नेपाल फेलो शिक्षक लहना महर्जनको सहजिकरण रहेको कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend