logo
  • आइतबार, असोज ११ २०८३

ठुलाबेशीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल, प्युठान  फागुन ०२।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा गौमुखीको ठुलाबेशीमा नागरिक आरोग्य सेवा केन्द्रको कार्यालय स्थापना गर्दै एक कार्यक्रम बिच गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले उदघाटन गर्नु भएको छ।

प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कबिराज शिशिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष गिरिले स्वास्थ्य संग मानवको जिबन जोडिएको हुदा कयौं बिरामी जडिबुटी मसलडार औषधिले निको हुने र लामो समय प्रयोग गरेमा बिरामी दीर्घकालीन सन्चो हुने विकसित देशहरुले आयुर्वेद औषधि प्रयोग गरेको र गौमुखीमा जडिबुटीको प्रचुर सम्भावना रहेकोले स्थानीय तहमा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नु परेको बताउनु भयो।भने सेवा लिन आएका गौमुखी ३ रजवाराका ८३ वर्षियआइते बि कले अरु औषधिले सन्चो नभएर आयुर्वेद सेवा केन्द्रमा आउन परेको बताउनु भयो ।भने गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले कार्यक्रमको संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend