logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले बडिगाडको पूर्ण बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बाग्लुङ्ग माघ २९ ।
नेकपा एमाले बडिगाड गाउँकमिटिको पूर्ण बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले अखिल नेपाल महिला संघको इन्चार्जमा मिना रायमाझि, युवा संघ नेपालको इन्चार्जमा हितमान शेरचन, उत्पिडित जातिय मुक्त समाजको इन्चार्जमा दधि विक, अखिल नेपाल किसान महासंघको इन्चार्जमा रुके पुरी, अनेरास्ववियुको इन्चार्जमा दिनेश थापा, भूपु सैनिक तथा प्रहरी संगठनको इन्चार्जमा कमलराज आचार्य तथा नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको इन्चार्जमा दान बहादुर पुनलाई चयन गरेको छ ।
त्यस्तै बैठकले संगठन विस्तारलाई वस्ति स्तरमा पुर्याउने, प्रत्येक वडा कमिटिको पूर्ण वैठक आयोजना गर्ने लगाएतका निर्णय गरेको छ। बैठकको निर्णय अनुसार वडिगाड गाउँपालिकाको वडा नं. १, २, ३ र ५ को वैठक फागुन ४ गते, वडा नं. ८ को बैठक फागुन ५ गते, वडा नं. ६ को बैठक ६ गते तथा वडा नं. ४, ७, ९ र १० को बैठक फागुन ७ गते वस्ने गरि कार्यविभाजन समेत गरेको छ ।
वैठकले आगामि दिनमा निर्वाचन केन्द्रित अभियान चलाउने र बडिगाड गाउँपालिका भित्र ५ सय वढि नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै बडिगाड गाउँपालिका र एमालेले निर्वाचन जितेका वडाहरुको स्वेत पत्र जारी गर्ने समेत निर्णय भएको गाउँकमिटि अध्यक्ष कमलराज आचार्यले जानकारी दिनुभएको छ ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य सुनिल शेरचन, तिर्थमणि भुसाल, गुणानिधि घिमिरे, बसन्त थापा, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठक गाउँकमिटि अध्यक्ष कमलराज आचार्यको अध्यक्षता, सदस्य दयानिधि घिमिरेको स्वागत मन्तव्य तथा सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend