साझा नेटवर्क
बुटवल, माघ २९ ।
बुटवलमा पहिलाे पटक म्याकन पिजा रेष्टाे क्याफे संचालनमा आएकाे छ । बुटवलमा रहेका युवाहरुको लगानीमा म्याकन पिजा रेस्टाे क्याफेको शुभारम्भ भएको हाे ।
म्याकन पिजा रेष्टुरेन्ट तथा क्याफे को शुभारम्भ ब्यावसायि संघ बुटवलका संस्थापक अध्यक्ष माधब नेपालले गरेका थिए । क्याफेमा अनलाइन सहित २४ घन्टा ग्राहकलाई सेवा प्रदान गर्ने, मुनाफाको १० प्रतिशत गरिब बिपन्नहरुलाइ दिइने संचालक समितिले जनाएको छ।
बुटवलमा पहिलो पटक फुरुट पिजा, बर्गर, सेकुवा सहित का परिकार ग्राहकको चाहना अनुसार अनलाइन सिस्टमबाट फृ होम डेलिभरि सहितको सेवा दिने गरि सुभारम्भ भएको हो ।
युवा ब्याबसायि मणि पन्थीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका बाणिज्य उपाध्यक्ष लोक नाथ पन्थी, महासचिव पदम जिसि, होटेल तथा रेस्टुरेन्ट ब्याबसायि संघ रुपन्देहीका बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचीव, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल, गुल्मीलि उद्यमि संस्था रूपन्देहीका अध्यक्ष भोजराज जिसि, समाजसेवी बिष्णु पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend