logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिका द्वारा सडक बालबालिकालाई कपडा वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

 

गुल्मी, २५ माघ ।
रेसुङ्गा नगरपालिका गुल्मीले सडक बालबालिकालाई कपडा वितरण गरेको छ । आज नगरपालिकाको आफ्नै सभाहलमा सडक बालबालिकाको पहिचान एवम् उनका अभिभावकलाई जनचेतना मूलक कार्यक्रम गरी १६ जना सडक बालबालिकालाई एक एक जोडा कपडा वितरण गरेको हो ।
नगर प्रमुख डिल्लीराज भुसालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, नगर उपप्रमुख सीता भण्डारी, सामाजिक विकास समितिका संयोजक थम्मनबहादुर के.सी कार्यपालिका सदस्य लक्ष्मी पन्त पाण्डे, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीको आतिथ्यता एवम् उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय गुल्मी सँगको सहकार्यमा सडकमा अलपत्र देखिने बालबालिकाहरुको पहिचान गरी सो कार्यक्रम आयोजना गरी वितरण गरेको हो ।

उक्त वितरण एवम् जनचेतना मूलक कार्यक्रमको सञ्चालन सोही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend