logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा नक्कली प्रमाण पेश गरी बिद्यार्थी भर्ना गरेको खुलासा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी  भदौ २३। 

गुल्मीको  ग्रिन वर्ड इंग्लिस बोर्डिङ्ग स्कुल बिरवासबाट  कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा उतिर्ण भएपछि नौ कक्षाको रजिष्ट्रेशन फाराम भर्न कक्षा ८ को मार्कसिट अनिवार्य छ । तर जिल्लाको एक बिद्यालयले जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्तिको मिलेमोतोमा बदमासी गरेर मार्कसिट बिनानै नक्कली प्रमाण पेश गरी बिद्यार्थी भर्ना गरेको खुलासा भएको छ ।

राजन घिमिरे र अस्मिता टण्डन अहिले रुन्खादह उमावि बिरवासको कक्षा नौ मा अध्ययन गर्छन। उनीहरुले ग्रिन वर्ड इंग्लिस बोर्डिङ्ग स्कुल बिरवासबाट गएको जिल्ला स्तरिय परिक्षामा कक्षा ८ उतिर्ण गरेका हुन । कक्षा आठ पास भएर नौ कक्षाको रजिष्ट्रेशन फारामको म्याद सकिने बेला सम्म बिद्यार्थी वा बिद्यार्थीको अभिभाव मार्कसिट लिन नगएपछि यो रहस्य खुलेको ग्रिन वर्ड इंग्लिस बोर्डिङ्ग स्कुल बिरवासका प्रिन्सीपल दिपक थापाले बताए ।

जिल्ला शिक्षा कार्यालयबाट नतिजा प्रकाशन भएपछि जिल्ला शिक्षा कार्यालयले स्रोत व्यक्ति मार्फत बिद्यालय सम्म मार्कसिट पुराउने व्यावस्थाछ। बिद्यालयले छाप लगाएर प्रध्यानाध्यापकले हस्ताक्षर गरेपछि त्यो मार्कसिट प्रमाणित हुन्छ । तर बिरवास स्रोत व्यक्ति नरेन्द्र शर्माले त्यो नियम लत्याइदिनुभयो । उहाले बिच बाटो बाटै बिना प्रमाणित मार्कसिट बिद्यालयलाई दिए पछि बिद्यालयले त्यहि मौकामा अर्को बिद्यालयको मार्कसिट दुरुपयोग गरी बिद्यार्थी भर्ना गर्‍यो ।

ग्रिन वर्ड इंग्लिस बोर्डिङ्ग स्कुल बिरवासका प्रिन्सीपल दिपक थापाका अनुसार त्यो मार्कसिटमा बिद्यालयको छाप छैन, हस्ताक्षर स्क्यानिङ्ग गरेर राखिएको छ। मार्कसिट प्रयोग गरेपनि हस्ताक्षर नगरेको रुन्खादह बिद्यालय बताए, तर जिल्ला शिक्षा कार्यालयको परिक्षा शाखामा हस्ताक्षर गरेको मार्कसिट पेश भएको बोर्डिङ्गको दाबि छ ।

जिल्ला शिक्षा कार्यालयका हिरा श्रेष्ट संगै आफुहरुले परिक्षा शाखामा गएर त्यो मार्कसिट हेरेको बोर्डिङ्गका प्रिन्सीपल थापाको भनाई छ । यो बिषयमा स्रोत व्यक्ति शर्मा, रुन्खादह उमावि मौन बसेपछि बोर्डिङ्गको टोली जिल्ला शिक्षा कार्यालय समेत आइपुग्यो । टोलीले जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाललाई निवेदन दिएको थियो ।

जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी हरि ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभयो । समितिका संयोजक ज्ञवालीले जिल्लाका दुई वटा बिद्यालय हेर्ने आफुहरुको काम होइन भनेर जवाफ दिएको बोर्डिङ्गको आरोप छ ।

यो बिषय लुकाउने पक्षमा उनै स्रोत व्यक्ति शर्मा, बिद्यालय र शिक्षा कार्यालय समेत उद्धत देखिएको छ, तर अव त्यो सम्भव छैन । बोर्डिङ्ग संचालक समितिले अख्तियार पुग्ने निर्णय गरेपछि त्यो कुरा गाउामै मिलाउने प्रयास भैरहेको छ । स्वय स्रोत व्यक्ति नरेन्द्र शर्माले समेत आफुले गल्ती गरेको स्विकार गरे बताए ।

उहाले अहिले त्यसलाई अन्जान भनेर व्याख्या गरेको बताए । रुन्खादह उमाविका प्रध्यानाध्यापक केशवराज न्यौपानेले पनि भुलबस त्यस्तो निर्णय भएको बताउदै गल्ती अब नदोर्‍याउने सहमती भएको बताउए ।
बुधबार ग्रिन वर्ड इंग्लिस बोर्डिङ्ग स्कुल, रुन्खादह उमावि र स्रोत व्यक्ति बिच छलफल समेत भएको छ ।

साथै बिद्यालयमा मार्कसिट बिना भर्ना भएका बिद्यार्थीलाई मार्कसिट पेश गर्न १५ दिने सुचना जारी गर्ने र त्यो समय भित्र नबुझाउने बिद्यार्थीलाई निस्काशन गर्ने निर्णय भएको न्यौपानेले बताए । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले रुन्खादह उमाविले मुल मार्कसिट नल्याईकन बिद्यार्थी भर्ना गर्नु गलत भएको बताए।

उहाले छानविन समिति गठन भैसकेको र पीडितले उजुरी दिएकाले यो बिषयलाई गम्भिरताका साथ लिएको बताए । सहमती भएपनि बिहिबार नै बिद्यालयमा गएर अनुगमन गर्ने र गल्ती गर्ने बिद्यालयलाई कार्बाहि गर्ने बताए।

बिद्यालयहरुमा घट्ने यस्ता घटना र कार्बाहि गर्छु भन्ने जिल्ला शिक्षा अधिकारीको भनाई नौलो कुरा होइन । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले सक्रिय राजनितीमा भएका शिक्षकलाई कार्बाहि गर्छु भनेको खबर थुपै्र मिडियामा आए ।

तर त्यहि सुचीमा परेका शिक्षकले बिहिबार अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा अबिर लगाएर सम्मान पाए । आज सम्मानित हुने कैयौ शिक्षक गाउा क्षेत्रमा विभिन्न पार्टीमा सक्रिय राजनिती गर्छन् ।
कतिपय शिक्षक जिल्लाका विभिन्न कार्यक्रममा पार्टीको प्रतिनिधीको रुपमा हाकिदाउ आशन ग्रहण गर्छन ।

पत्रकार प्रेम सुनारले सदरमुकाम नजिककै बिद्यालयमा अध्यापन गर्ने शिक्षक आसपासकै गाविसमा पार्टी प्रतिनिधीको रुपमा आशन ग्रहण गरेको देख्दा अचम्म लागेको बताए। त्यस्तै दरबन्दी मिलानको कुरा पनि जिल्ला शिक्षा कार्यालयलाई फलामको चिउरा भएको छ ।

जिल्ला शिक्षा अधिकारी गुल्मी आउादा नै उहाको पहिला प्राथमिकता दरबन्दी मिलान थियो तर समस्या ज्यू का त्यू छ । केहि पहुाचवाल बिद्यालयका दरबन्दीहरु काटिने भएकाले उनीहरुकै दवावमा जिल्ला शिक्षा कार्यालय दरबन्दी मिलानलाई आलटाल गर्दै आएको छ ।

यसले मोफसलमा रहेका दरबन्दी बिनाका बिद्यालयहरु ठुलो मारमा परेको जनगुनासो आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend