logo
  • शनिबार, साउन ९ २०८३

गायिका लामाको स्वर, अभिनय र निर्देशनमा म्युजिक भिडियो आउदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

14238220_1110979365655100_7742659110461318458_nसुर्य चन्द, काठमाडौ भदौ २३ ।
गायिका सरस्वती लामाको आफ्नै स्वर, अभिनय र निर्देशनमा बनेको म्युजिक भिडियो चाडैनै नेपाली सांगीतिक बजारमा आउने भएको छ । गायिका सरस्वति लामा अहिले उनको दोश्रो गीति संग्रहलाइ छिट्टै बजारमा ल्याउने तयारीमा जुटेकी छिन ।

दोश्रो संग्रहको रुपमा गायिका सरस्वति लामाले ‘उर्वसी’ नामक एल्बम बजारमा ल्याउन लागेकी हुन । गीति एल्बम उर्वसीमा जम्मा ६ वटा गीतहरु समावेश गरेकी छन । ६ वटा गीत मध्य ‘हुएए नक्कली’ को म्युजिक भिडियो अहिले उनले तयार गरेकी हुन । संचारकर्मी भिम राइको शब्द रहेको यस गितको चर्चा म्युजिक भिडियो आउनु भन्दा अगाडीनै चुलिएको छ । रक,पप,आधुनिक, भजन र पूर्वेली गीत रहेको म्यूजिक एल्बम “उर्वसी”ले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने कुरामा गायिका लामा ढुक्क छिन ।

काठमाडौँको रमणीय स्थल फर्पिङ र ठमेलको टनेल डिस्कोमा छयांकन गरिएको उक्त म्युजिक भिडियो युवा पिडिको रोजाइमा पर्ने कुरामा दुइमत छैन, एकदम मेहनत साथ तयार पारिएको उक्त म्युजिक भिडियो चाडैनै नेपाली गित संगीत प्रेमीहरु बीच आउने कुरा पनि गायिका लामाले बताइन । म्युजिक भिडियोको निर्देशन गायिका स्वयमले गरेकी छिन भने छायाँकन अमृत सुनुवारले गरेका हुन । कोरियोग्राफर संजय लामाले रकब्याण्डसंग हिपहप खाले नृत्य निर्देशन गर्नेछन् र भिडियोमा मोडल पनि गायिका सरस्वति लामालाईनै देख्न सकिने छ ।

मिठो स्वरकी धनि तथा हर प्रकारको गित गाउन सक्ने खुबी भएकी गायिका सरस्वति लामाले आफ्नो दोश्रो गीति एल्बम नेपाली दर्शक सामु लिएर आउन लागेको र आफुले यस एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउनेमा उनि बिस्वस्त छिन । भविष्यमा एक चर्चित गायिका बनेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन लागि परेकी गायिका लामाले अहिलेको ठाउ सम्म धेरै दुख गरेको बताउछिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend