साझा नेटवर्क
वीरगंज १२ माघ। सीमा सुरक्षाको लागि नेपाल सरकारले खटाएको सशस्त्र प्रहरी संगठनका कर्मचारीहरू अहोरात्र खटी आफ्नो दायित्व पूरा गर्दै आएका छन । सीमा सुरक्षाका साथ साथै शान्ती सुरक्षामा समेत अहम भुमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल संगठनलाई बदनाम गर्न केही बिचौलिया समेत परिचालन भएको खुलेको हो ।
प्रदेश नम्बर २ मातहात पर्ने सशस्त्र प्रहरीका युनिटहरूलाइ कडा रूपले निगरानी बढाउन डिआइजी गणेश ठाडा मगरले निर्देशन दिएको बारे दुइमत नरहेपनी डिआइजी मगरको नाम बदनाम गर्न बिचौलिया परिचालन भएको बारे एक घटनाले प्रमाणित गरेको छ । सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरीको काम कारवाहीले आफ्नो गैर कानूनी कार्य गर्न नसकेका एक फटाहा पत्रकारले उकुश मुकुश हुन थालेको बारे एक घटनाले प्रमानित गरेको हो ।
पत्रकारिता पेशालाइ रोजि, गैर कानूनी तौरले आफ्नो पेशालाइ अगाडी बढाएका एक जना नामूद ब्यपारीको लाइन नपाउदा डिआइजी गणेश ठाडा मगरको नाम बदनाम गर्न आतुर भएको बुझिन्छ । तस्करी गर्ने गिरोहबाट सन्यासनै लिइसकेका पूराना तस्करको नाम जोडि मगरको नाम बदनाम गर्न खोजिएको एक समाचारबाट्टै उजागर भएको छ । आफ्नो पेसा धरापमा पर्ने डरले छट्पटाइरहेका ती पत्रकारले मोलतोल गर्न प्रयास समेत गरेको तर कुरा नमिलेपछी विभिन्न आरोप प्रत्यारोप लगाउदै संगठनलाई नै बदनाम गर्न आतुर भएको प्रष्ट हुन्छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले धमाधम लागू औषध, हात हतियार, हुन्डी कारोबारी लगायत अबैध तरिकाले काम गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको देखिन्छ । हुन्डी कारोबारमा सन्लग्न एक ब्यक्तीका अनुसार पर्सा जिल्लामा हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको छ । हुन्डी कारोबार गर्नको निम्ति केही बिचौलियालाइ मिलाउनै पर्छ, आफ्नो कारोबारमा प्रहरी हस्तक्षेप हुने गरेको कारण कहिले काहीँ त्यही बिचौलियाले मिलाउने कार्य गर्दै आएको कारण कुरा मिल्न नसकेको उनले बताए । उनका अनुसार केही दिनदेखि उक्त कारोबार बन्द रहेको र पुनः सुचारू गराउन खेल रचिएको बारे छताछुल्ल पारे ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले आफ्नो पेशा र संगठनको नीति निर्देशन प्रती इमान्दार रहेको बताउनु भयो । उहाले आफ्नो पेशा र कर्म प्रती वफादार भइ काम कारवाही गर्दै आएको र अगामीको दिनमा पनि यस्तै काम कारवाही अगाडी बढाउदै जाने बताए । आफ्नो पेशा प्रती नै इमान्दार नरहेकाहरूको बारेमा आफुलाइ सबै थोक जानकारी भइसकेको कुरा प्रस्टयाउनु भयो । उहाँले आफ्नो काम इमान्दारिता पूर्वक गरिरहेको र अगामीको दिनमा पनि गरिरहने ठोकुवा गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend