logo
  • आइतबार, असोज ११ २०८३

मालपोत कार्यालय गुल्मी ६ दिनका लागि बन्द


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
१२ माघ, गुल्मी । गुल्मी जिल्लाका विभिन्न कार्यालयहरु धमाधम बन्द हुँदै जान थालेका छन् । मालपोत कार्यालय गुल्मी ६ दिनका लागि बन्द रहने भएको छ ।
मालपोत कार्यालय प्रमुख सहित केहि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय गुल्मीका माघ १७ गतेसम्मको लागि बन्द रहने भएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरु बन्द रहने भएका छन् ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरु उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरु समेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ । मंगलबारबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा पनि बन्द गरेको हो । जिल्लामा हाल ३६१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend