logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको सिद्धबाबा मा.वि.लाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा
गुल्मी, ११ माघ । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ । जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको शैक्षिक धरोहरका रुपमा परिचित सिद्धबाबा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड 2020-2023’ प्राप्त गरेकाे हो ।
अन्तर्राष्ट्रिय रुपमा विद्यालयलाई उत्कृष्ट स्तरको मान्यता दिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि गुल्मेलीहरुमा खुसियाली छाएको छ । सिकाइ र सिकाइलाई समृद्ध बनाउने याेजनाले व्रिटिस काउन्सिलले प्रदान गर्ने यो अवार्ड गुल्मीमा सामुदायिक विद्यालयले पहिलोपटक पाएको हो ।
विद्यालयले  ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल  अवार्ड 2020-2023 प्राप्त गर्न सफल भएको खुसीयालीमा उक्त अवार्ड प्राप्त गर्न खटिने संयाेजक, याेजनाका प्रमुख, सदस्यहरू र त्यसमा संलग्न सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु प्रति आभार प्रकट गरेको छ । विद्यालयका प्राद्यानाध्यापक डाेरबिक्रम श्रीसले शिक्षा विकास तथा समन्वय इकाइ,  रेसुङ्गा नगरपालिका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समितिका पदाधिकारीहरु, स्थानीय साझेदार विद्यालय ब्रिलियण्ड युनाइटेड एकाडेमीका प्रधानाध्यापक  तथा विद्यार्थीहरु, परियोजना कार्यसंग सम्बन्धित कार्यालय तथा संघ संस्थाहरूमा जिल्ला वन कार्यालय, कफी प्रशोधन केन्द्र टक्सार,  जिल्ला आयुर्वेद औषधालय साथै  अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै सबै प्रति आभार प्रकट गरेका छन् ।
यो अवार्ड विद्यालयहरुलाई उत्कृष्ट स्तरको मान्यता दिने अन्तर्राष्ट्रिय अवार्ड हो । अहिले यो विश्वका ३१ देशमा छ । अहिलेसम्म विश्वका २ सय ६७ विद्यालयहरुले यो अवार्ड प्राप्त गरिसकेका छन् ।
यो अवार्ड रुपन्देहीको कालिका माध्यमिक विद्यालयले पनि प्राप्त गरेको छ । गुल्मीमा यो अवार्ड प्राप्त गर्ने सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यमिक बिद्यालय पहिलो हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend