साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ ८ ।
गुल्मीदरवार गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सहित १५ जना कर्मचारीलाई सम्मान गरेको छ । शनिवार सम्पन गाउँपालिकाको नवौं गाउँसभाको अबसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे सहित १५ जनालाई सम्मान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई गुल्मिदरबार गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेको अबसरमा सम्मानित गरिएको थियो ।
गाउँपालिका भित्र रहेका बिभिन्न कार्यालयहरुमा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत पाण्डे, सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरे, स्वास्थ्य संस्थाहरुको तर्फबाट जुनकला बस्नेत, प्रधानाध्यापकहरुको तर्फबाट नेत्रप्रसाद ज्ञवाली, आधारभूत प्रधानाध्यापकहरुबाट पार्वती बस्नेत रहेका छन् ।
त्यस्तै प्राबिधिकहरुबाट सब इन्जिनियर बिक्रम बस्नेत, वडाको कार्यालय सहयोगीबाट दिनेश श्रेष्ठ, गाउँपालिकाको कार्यालय सहयोगीबाट गोमा खत्री रहेका छन् ।
गाउँपालिकाले कोरोना महामारीमा सहयोग गरेको भनेर अनिता खत्री, एम्बुलेन्स चालक, महेन्द्र कार्की, सवारी चालक गाबिन्द थापा, सूचना सहायक प्रकाश थापा, टिकाराम पराजुली, वडा सचिव माया टण्डन, घनश्याम चँुदालीलाई सम्मान गरिएको गाउँपालिकाका शाखा अधिकृत टंक पन्थीले बताए । सम्मानी हुने सबैलाई गाउँपालिका कार्यबहाक अध्यक्ष मिना भण्डारीले सम्मान पत्रले सम्मान गरेकी थिइन् ।
गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेको आगमनसँगै धेरै क्षेत्रमा शुसासनका कामहरु भएका छन् । जसको त्यस पालिका भित्र रहेका राजनितिक दल र स्थानीयले प्रशंसा गर्दै आएका छन् । नवौँ गाउँसभाको अबसरमा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष मीना भण्डारीले गाउँपालिकाले हालसम्मका मुख्य मुख्य प्रगतिहरुलाई सार्वजनिक गरेकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend