logo
  • आइतबार, असोज ११ २०८३

बजाज मोटरसाइकल तम्घासद्वारा पुरानो मोटरसाइकल सटही गर्ने अफर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी माघ ७ ।
बजाज कम्पनीले पुरानो मोटरसाइकल सटही गर्ने अफर ल्याउने भएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता जय सगरमाथा अटोमोवाइल्स प्रालिले पुरानो मोटरसाइकल सटही गर्ने भएको हो ।
पुरानो मोटरसाइकल सटही गर्ने अफर यहि माघ ९ गतेबाट १४ गतेसम्म सञ्चालन हुने भएको छ । पुरानो मोटरसाइकल सटही मेलामा ग्राहकलाई आकर्षक छुटको योजना ल्याएको बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता जय सगरमाथा अटोमोवाइल्स प्रालिका नारायण जिसीले बताए ।

पुरानो मोटरसाइकल सटही मेलामा जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर साटही गर्ने व्यवस्था रहेको छ । सटही गर्न ल्याएका पुरानो मोटरसाइकलको मुल्य बजार मुल्य भन्दा १० हजार बढी मुल्याङकन गरिदिने भएको छ ।

५० प्रतिशत डाउन पेमेन्ट गरी फाईनान्समा खरिद गर्दा शुन्य प्रतिशत व्याजदरमा फाईनान्समा गरिने जिसीले बताए । प्रत्येक मोडलका मोटरसाइकल खादिमा हेलमेट, लेगगार्ड, बजाज व्याग सित्तैमा ग्राहकले पाउने जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend