logo
  • शुक्रबार, असोज ९ २०८३

गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ को चर्चा बजारमा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गूल्मी माघ २ ।

लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्बजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ ।गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया प्रमेका कथा बस्तुमा तयार गीतले सबै तिर चर्चा बटुल्न सफल भएको छ । लोकप्रिय गीतकार एबम् गायक सन्तोष केसीका दर्जनौं गीत अझैपनि लोकप्रिय मानिन्छन् । केसीको गीतमा माया प्रमेसँगै गुल्मी जिल्लालाई चिनाउन पनि खोजेका छन् । गुल्मी जिल्ला यस्तो जिल्ला हो जहाँ पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र छन् ।

यस गीत मार्फत उनले गुल्मीलाई पनि थप परिचित गर्न खोजेका हुन् । ‘गुल्मेली हुमकर’ एल्बमको गीतमा केटाले मनपराएका कुराहरु समाबेश गरिएको छ । राम्री छैन् के मन पर्छ र भनेर केटीले सोधेका मीठा मीठा शब्द भावमा गीत तयार गरिएको । माया प्रमेममा कथा बस्तुमा तयार गीत धेरैले मन पराउने आशा गरिएको छ । गीतमा गीतकार एबम् गायक सन्तोष केसी र समीक्षा अधिकारी र प्रिती आलेको स्वर रहेको छ । केसीको लय शब्द रहेको गीत सन्तोष केसी युट्युब च्यानबाट बजारमा आएको छ ।

नेपालमा उत्कृष्ट मोडलहरुको अभिनय रहेको गीतको भिडियो पनि निकै मेहनत गरेर बनाइएको छ ।

गीतको पुरा भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend