logo
  • आइतबार, असोज ११ २०८३

मोटरसाइकल दुर्घटनामा गुल्मेली कलाकार पन्थको निधन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,बुटवल माघ २।
मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे । उनी फोटोग्राफर समेत हुन् । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् ।

उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे उनका १ श्रीमती र १ सन्तान छन् ।
उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरकि अनलाइनलाइ जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend