logo
  • आइतबार, असोज ११ २०८३

माघे संक्रान्तीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय, मर्चवार माघ १ ।
माघे संक्रान्तीको सुअवसरमा जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा नं ४ मा सम्पन्न भएको छ । सम्मरीमाइ गाउपालिका वडा नं ४को आर्थिक सहयोग तथा बुटवल लुम्बिनी टेक्निकल कलेजको आयोजनामा सो कार्यक्रम श्री फरेना आधारभुत बिद्यालयमा सम्पन्न भएको हो ।
सम्मरीमाई गापा वडा नं ४ का वडा अध्यक्ष दिवाकर प्रसाद दुबे को अध्यक्षता तथा अखिलेश्वर शुक्लाको प्रमुख आथित्यतामा साथै विशिष्ट अतिथीमा सुनिल कुमार दुबे, अतिथी सहदेब पासी,साबित अलि भाड,मिरा कोहार लगायत अन्य समाजसेवी र कर्मचारीहरुको समुपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वडा नं ४ का ४०० जना जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरि सम्मान गरिएको हो ।कार्यक्रममा बोल्दै माघे संक्रातीको शुभकामना तथा जेष्ठ नागरिक हाम्रो धरोहर हुन् वहाहरुबाट आजको नया पुस्ताले सिक्नुपर्ने तथा वहाहरुको अनुभवलाई हामीले उर्जाको रुपमा लिई पारिवारिक तथा सामाजिक परिवर्तन गर्नुपर्छ“ भनी कार्यक्रमका अध्यक्ष दिवाकर प्रसाद दुबेले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मन्तब्यका क्रममा युवा पुस्ताले जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने तथा वहाहरुवाट विभिन्न किसिमका अनुभवहरु सिक्नुपर्ने र आअफ्नो जीवनमा लागुपर्ने कुरामा जोड दिदै आधुनिक परिवर्तनमा हामी जेष्ठ नागरिकहरुलाई हामी कहि न कहि आफुबाट छुट्टाएका छौं जसले कुरिती कुसंस्कार जस्ता कुरा हाम्रै आगनमा उब्जिरहेको हुदा हामी युवाहरु जेष्ठ नगरिकहरुलाई सम्मान गर्नैपर्छ भन्दै अखिलेश्वर शुक्लाले मन्तव्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुले आफनो मन्तब्य ब्यक्त गरेको कार्यक्रमको संचालन शेषनाथ यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend