logo
  • शुक्रबार, असोज ९ २०८३

गायक चन्दलाई (Best Singer) उत्कृष्ट अवार्डले सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी,  पुस ३० ।
लोक तथा दोहोरी गायक रामचन्द्र चन्द अन्तराष्ट्रीय अवार्डवाट सम्मानित भएका छ्न । ‘वुमेन्स एरा मिडिया गुरुप नेपालले आयोजना गरेको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट गायक चन्द सम्मानित भएका हुन् ।
Women’s Era Media Group द्वारा आयोजित Hotel Everest मा एक बिशिष्ट समारोह बिच सम्पन्न दोस्रो हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड 2022 अन्तर्गत लोक बिधा बाट ( Singer ) तर्फ को ( Best Singer )उत्कृष्ट अवार्ड ले सम्मान गरिएको हो ।

काठमाडौँको बानेश्वर स्थित एभरेष्ट होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

अवार्ड समारोहमा लोक गायन तर्फ मैना गीतबाट चन्दलाई उत्कृष्ट गायकको उपाधि प्रदान गरिएको थियो । लोक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई यो उपाधि प्रदान गरिएको छ । गायक चन्दका स्वर तथा संगीत संयोजन रहेका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend