logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा १३ औं निजामति सेवा दिवस सम्पन्न : थापा र ओझा सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी भदौ २३ ।
१३ औं निजामति सेवा दिवस गुल्मीमा पनि निजामति कर्मचारीले पनि एक कार्यक्रम गरी मनाएका छन् । सेवामैत्री र जवाफदेहि प्रशासन, सङ्घीयतामा सुशासन दिवसको मुल नारा रहेको थियो । दिवसको अवसरमा सदरमुकाममा विहान प्रभातफेरी गरिएको थियो ।

14287685_1160528940679138_2102653411_n

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।विक्रम सम्वंत २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।दिवसको अवसर पारेर निजामती कर्मचारी सेवा दिवस मुल समारोह समितिले २०४७ सालमा सेवा निबृत हुनुभएका जेष्ट व्यत्तित्व केशर बहादुर थापा र हाल तम्घास सिमलटारी प्युठान आयोजनाका सव इन्जिनियर सवै भन्दा कान्छो कर्मचारी दिनेश राज ओझालाई सम्मान गरेको छ ।

त्यस्तै दिवसको अवसरमा आयोजना भएका विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुने कर्मचारी र कार्यालयलाई पनि सम्मान गरिएको छ। हाजिर जवाफ प्रतियोगीतामा प्रथम हुने जिल्ला हुलाक, द्धतिय हुने जिल्ला अदालत, तृतिय हुने जिल्ला विकास समिति र सान्तोना हुने मालपोत कार्यालयलाई प्रमुख अतिथी जिल्ला न्याधिस मातृका मरासिनी र प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले पुरस्कृत गर्नुभएको थियो ।

त्यस्तै एकल व्याटमिन्टनमा प्रथम हुने बिनोद बानिया , द्धतिय हुने एसपी भोला रावल र तृतिय हुने कृष्ण पन्थीलाई पनि सम्मान गरिएको छ । जोडि व्याटमिन्टनमा प्रथम हुने शसेन्द्र खाती र भोला रावल, द्धतिय हुने राम बहादुर थापा र प्रकाश थापा तथा तृतिय हुने कृष्ण पन्थी र बाबुराम पल्लीलाई स्थानीय विकास अधिकारी डिलाराम पन्थीले सम्मान गर्नुभएको छ ।

14287693_1849002571989881_1780966034_n
कार्यक्रमलाई प्रमुख अतिथी जिल्ला न्याधिस मातृका प्रसाद मरासिनी, राजनितीक दलको तर्फबाट एमालेका मधुकृष्ण पन्त, कर्मचारीहरुको तर्फबाट नेपाल ट्ेरड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थी, पत्रकार महासंघका सचिव तारा भुसाल, रेसुंगा क्याम्पसका क्याम्पस प्रमुख ढुण्डिराज पोख्रेल, नागरिक समाजका पदम पाण्डेय, स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष शंकर प्रसाद गौतम लगायतले संबोधन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कोष नियन्त्रक शसेन्द्र खातीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम निजामती कर्मचारी सेवा दिवस मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको अध्यक्षता, जिल्ला प्रसासन कार्यालय प्रसासकिय अधिकृत रामचन्द्र पन्थीको स्वागत तथा अर्का अधिकृत भक्तिराम मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।

केन्द्रमा यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई दिइएको छ । मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पााच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको हो ।

पुरस्कारको राशि रु दुई लाख रहेको छ । यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइएको छ । जसमा यस अधि गुल्मीका प्रमुख जिल्ला अधिकारी रहनुभएका प्रदिपराज कडेल समेत पर्नुभएको छ ।

समितिले सिफारिस गरे अनुसार पुरस्कार पाउनेमा गेह मन्त्रालयका उपसचिव कडेल सहित किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्ऽ कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्ऽप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग, गजेन्ऽबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय रहेका छन् ।

यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङमा हुनुहुन्छ ।

उत्कृष्ठ पुरस्कारको राशि जनही एक लाख रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइएको मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ ।

तीन वटै पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्नुभएको मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend