साझा नेटवर्क
सन्तोष महतारा,गुल्मी पुष २७ ।
गुल्मीमा मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा नयाँ नेतृत्वसहित विद्यालय व्यवस्थापन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ तम्घासमा रहेको मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा खुस्दिन अली मियाँको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।
जसको सदस्य सचिव सोही विद्यालयका प्रधानाध्यापक अनिस सुब्हानी रहेका छन् । समितिको सदस्यहरुमा असरफ अली, सायरा खातुन, अजिता खातुन, रबिना खातुन, ओम बहादुर कुँवर, सौरब थापा र वडाको तर्फबाट वडासदस्य जय बहादुर चुँदारा निर्वाचित भएका छन् ।
सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् । तर, उक्त मदरसामा अन्य समुदायका पनि केही विद्यार्थी रहेको नवनिर्वाचित सदस्य असरफ अलीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिको गठनपछि नवनिर्वाचित अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend