logo
  • शुक्रबार, असोज ९ २०८३

 नेपाली काङ्ग्रेस विपन्न, गरीब र दलित समुदायकाे पार्टी : सभापति पन्थी 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पौष २७ ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायकाे पार्टी भएको बताएका छन् । मंगलबार जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा “गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टाेल” भन्ने मुख्य नारा सहित गुल्मी काङ्ग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काङ्ग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका हुन् ।
‘अहिले हाम्रो समाजमा दलितकाे श्रम, सीप र रगत चल्छ ।’ प्रमुख अतिथि जिल्ला सभापति पन्थीले भनेर “पानी नचल्ने अपराध गर्न कसैलाई छुट छैन ।’ फरक प्रसङ्गमा सभापति पन्थीले पटक-पटक मन्त्री बन्दा एउटा खाेलामा पुल बनाउन नसक्नेकाे गफ मात्र सुनाएको भन्दै उनले गफ र प्रलाेभनमा नपर्न आग्रह गरे । उनले आफ्नो पहलमा तम्घास सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेको बताए ।
अभियानको शुभाराम्भ कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ‘ख’ का सभापति रेखा कुमार जिसीले मालिका गाउँपालिका पूर्ण रुपमा असफल भएको बताए । चुनाबमुखी याेजना र बजेटको भ्रममा नपर्न जिसीले आग्रह गर्दै सभापति जिसीले अहिले निर्वाचित जनप्रतिनिधिहरुले ४ वर्षसम्म मनपरी गरी दास बनाएर अहिले प्रलाेभनमा पार्न थालेको भन्दै त्यसको अन्त्य गर्न सबैलाई आग्रह गरे । त्यस्तै मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले कम्युनिस्टहरुले भाेट किनेर चुनाब जितेकाे आराेप लगाए । उनले स्थानीय तहकाे निर्वाचन नजिक आएको कारणले विभिन्न प्रलाेभन देखाएर कम्युनिस्टहरुले दास बनाएकोले त्यसबाट उम्किन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौं कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । नेपाल शिक्षक संघ मालिका गाउँपालिका सभापति भाेजराम अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम वडासभापति लेखनाथ अर्यालकाे सभापतित्व रहेको वडा सचिव प्रदिप जिसीको संचालन रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, गुल्मीको निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा ‘ख’ का सभापति रेखा कुमार जिसी, क्षेत्रीय सचिव लालमणी भण्डारी, मालिका गाउँपालिका सभापति उपेन्द्र अर्याल, उपसभापति दिपक भण्डारी, क्षेत्रीय सदस्य ओम प्रकाश अर्याल साथै वडा सभापति लेखनाथ लगायतको उपस्थिति रहेको थियो । अभियानको लागि जिल्लाका ९३ वटै वडामा जिल्ला तहका नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएर एकैसाथ अभियानकाे शुभारम्भ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend