logo
  • आइतबार, असोज ११ २०८३

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

पुस २६, काठमाण्डौं ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले आगामी १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको थियो।

त्यही सिफारिसलाई कार्यान्वयनमा लैजाने क्रममा शिक्षा मन्त्रालयले तत्काललाई जाडो बिदाका रुपमा माघ १५ सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको हो।

शिक्षाको यो निर्णयपछि हिउँदे बिदामा दिइसकेका विद्यालय माघ १५ सम्म बन्द हुनेछन्। परीक्षा जारी रहेका कलेज र विद्यालयललाई स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सकेपछि बिदा दिन निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend